काठमाडौं, 5 जनवरी 2022
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने दावी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै यादवले महाधिवशेनमा कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिष्पर्धा भएको भएको भन्दै अव पार्टी सभापतिले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने बताउनुभएको हो । उहाले पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा, सबभन्दा बढि अभ्यास गराउने नेतामा गनिएको बताउनुभयो । सभापति देउवाले गुटगत आधार नदेखाएको उहाको भनाई छ । फरक प्रसंगमा उहाले अब हुने निर्वाचनमा एमालेलाई एक सिटपनि जित्न नदिने पनि दाबी गर्नुभयो । देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने पनि यादवको भनाई छ ।









































