कालेबुङ, 19 जुन, शिला शर्मा
कोरोना भाइरसको सक्रमणबाट बाच्न सिक्किमले सिमाना बन्द गरेपछि ३८ नम्बर समष्टिका लिङसे ख लगायतको स्थानहरुलाई कालेबुङ लगायतको स्थानहरुसग सोझो सम्पर्क गर्न बैकल्पिक मार्गमा निर्माण गरेको गोर्खे पुल बर्षायामको शुरूवातमा नै भत्किएपछि मानिसहरू ठुलो सकटमा परेका छन।
लगातार रूपमा केहि दिनदेखि परेको पानीले हिजो राती रेसी खोलामा निर्मित पुल भत्काएपछी उक्त पुलबाट जोड्ने लगभग एक दर्जन गाउँहरु कालापानी सरह बनेको छ। कोरोनाको संकटका कारण सिक्किमबाट जाने बाटो बन्द भएपछि एकमात्र बैकल्पिक मार्गमा रहेको उक्त बाटो भएर लिङ्से अनि लिङ्से ख लगायतका गाउँवासीहरु आवश्यक सरसमान रासिनपानी कालेबुङ पेदोङको बजारहरुबाट लादै गरेको भए पनि पुल भत्किएपछि मानिसहरू ठुलो मर्कामा परेका छन भने देशको अन्य स्थानहरुसग उनीहरु सम्पर्क बिहिन बनेका छन।


यस घटनाको खबर सुनेपछि दार्जिलिङका सासद राजु बिष्टले सिक्किमको मार्ग भएर मानिसहरूको आवतजावत हुनुपर्ने माग गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिह गोले तथा कालेबुङकी जिल्लापाल आर बिमालालाई पत्राचार गरेका छन।









































