HomeFeatureदेशभित्रै अन्तराष्ट्रियस्तरको विस्फोटक पदार्थ उत्पादन गर्न सेना सक्षम

देशभित्रै अन्तराष्ट्रियस्तरको विस्फोटक पदार्थ उत्पादन गर्न सेना सक्षम

काठमाडौँ, २५ जनवरी
नेपाली सेनाले भौतिक पूर्वाधार बाटो र सुरुङ निर्माणमा खपत हुने विस्फोटक पदार्थ इमल्शन मुलुकको माग धान्ने गरी अन्तराष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ । सेनाको उक्त दाबीप्रति अहिले नै विश्वस्त हुने अवस्था नरहेको जनाउँदै नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तरमा सुधार आए तापनि मूल्य र राष्ट्रिय माग धान्ने विषयमा शङ्का नहटेको विकास आयोजना निर्माणमा संलग्न ठेकेदारले प्रतिक्रिया दिएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचरी इमल्शन प्लान्टमा चीनबाट खरिद गरी ल्याएको नयाँ उपकरण जडानपछि सेनाले असरदार विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।
करिब ३५ करोडको लागतमा जडान गरिएको नयाँ प्लान्टबाट वार्षिक चार हजार ८०० मेट्रिक टन विस्फोटक पदार्थ सजिलोसँग उत्पादन हुने सैनिक सामग्री उत्पादन निर्देशनालयका सहायकरथी हेगेन्द्रलाल महर्जनले जानकारी दिए ।

स्वतन्त्र ऊर्जा उत्पादन संस्था इपानका उपाध्यक्ष कुमार पाण्डे भन्छन्, “सुरुङ निर्माणका क्षेत्रमा ३०औँ वर्ष काम गरिएको हुँदा विभिन्न खाले विस्फोटक पदार्थ प्रयोग गरिएको अनुभव हामीसँग छ, स्वदेशमै उत्पादन हुन्छ र काम दिन्छ भने प्रयोग गर्न तयार छाँै ।” कहाँबाट ल्याएको विस्फोटक पदार्थ कति प्रभावकारी हुन्छ भन्ने पर्याप्त अनुभव हासिल गरेका विकास आयोजना निर्माणकर्ता भन्छन्, “गुणस्तरमा सम्झौता गर्नु भनेको अन्ततः उपभोक्ताले नै खर्च व्यहोर्नु हो, हाम्रो सरोकार गुणस्तर, मूल्य र निरन्तरतासहित सुनिश्चितता होे, त्यो भएन भने हामीले विकल्प रोज्नुपर्ने हुन्छ ।”

मुलुकभित्र विस्फोटक पदार्थको ओसारपोसार, रेखदेख, नियन्त्रण र ढुवानीमा सहयोग पु¥याउँदै आएको नेपाली सेनाले पूर्वाधार विकासका लागि देशलाई आवश्यक पर्ने विस्फोटक पदार्थ एकद्वार प्रणालीमार्पmत होस् भन्ने हेतुले नयाँ इमल्शन प्लान्ट स्थापना गरेको हो । हालसम्म पनि विस्फोटक पदार्थ राख्न, किन्न, एक स्थानबाट अर्को स्थानमा लैजान सरकारका विभिन्न निकाय र सरोकारवाला पक्षले झन्झट र दुःख दिने पूर्वाधार निर्माणकर्ताको गुनासो छ ।

नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थको मूल्य प्रतिकिलो १९८ कायम गरिएको छ भने भारतबाट आयात गरिएको सामग्री रु १३२ मै भन्सार पार हुने आयोजना प्रमुखको भनाइ रहेको छ । “बाहिरबाट ल्याउँदा जति झन्झटिलो छ, मुलुकमा उत्पादन भएपछि त्यो हट्नुपर्छ, यसको निराकरण सेनाले गरिदिनुपर्छ, त्यो भएमा हामीलाई यहाँकै सामान किन्न सजिलो हुन्छ”, उपाध्यक्ष पाण्डेले भने । तर ठेकेदारले भने यहाँ उत्पादित विस्फोटक पदार्थले खोजेअनुरुपको नतिजा दिन नसकिए विकल्प खोज्नुपर्ने तर्क गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...