नयाँ दिल्ली, 25 जनवरी 2020
कोरोना भाईरस संक्रमण लक्षणहरूको पहिचानको लागि अहिलेसम्म 96 उडानका 20 हजार 844 यात्रीहरूको जाँच गरिएको छ। स्वास्थ्य मन्त्रालयअनुसार हिजो 19 उडानका 4 हजार 82 यात्रीहरूको जाँच गरिएको थियो। अहिलेसम्म देशमा कोरोना भाईरसको कुनै संक्रमण देखा परेको छैन। 7 विमानस्थलहरू बाहेक थप 12 विमानस्थलहरूको लागि यात्रा परामर्श जारी गरिएको मन्त्रालयले बताएको छ।
मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा 19 जनवरीदेखि अहिलेसम्म 1 हजार 789 यात्रीहरूको कोरोना भाईरसको लागि थर्मल स्क्रीनिङ्ग गरिएको छ। यिनिहरूमध्ये चीनबाट फर्किएका दुई जना यात्रीहरूलाई सरकारी कस्तूरबा अस्पतालमा भर्ना गरिएको छ। हङ्गकाङ्गबाट फर्किएका अन्य एक जना यात्रीलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको छ। यी यात्रीहरूको रगतको नमुना राष्ट्रिय विषाणु विज्ञान संस्थान पुणे पठाइएको छ। त्यहाँ एक जनामा राइनो भाईरस पुष्टि भएको छ।
महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले राज्यमा कोरोना भाईरसबाट संक्रमणको कुनै मामिला नभएको तथा चिन्ताको कुनै विषय नभएको बताउनुभयो।
त्यस्तै नेपालमा भने एक जनामा कोरोना भाई भेटिएको छ।









































