सुर्खेत, 15 सितम्बर 2021
दैलेखमा एक शिक्षकको विभत्स हत्या भएको छ । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार विहान विद्यालय प्रांगणमै शव फेला परेको प्रहरीले बताए । प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ ।









































