काठमाडौं, 1 सितंबर 2022
महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो । बुधबार उनले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाएका थिए ।









































