धनगढी, 1 मे/ हिम शाह
धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ। गत 28 दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्वर 5 कि 34 वर्षीय महिलाको 6 पटकसम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले चैत्र 22 गते कोरोना पुष्टि भएदेखि संक्रमित महिलाको 6 पटकसम्म परीक्षण भईसकेको र सबै रिपोर्ट पोजेटिभ आएको बताउनुभयो। उपचाररत महिलाको चैत्र 22 गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। उनिसँगै भर्ना भएका 2 जना र अन्य 2 जना अगाडि कोरोना संक्रमित भएका गरि 4 जना निको भएर डिस्चार्ज भईसकेका छन्।
लम्कीचुहा नगरपालिकाका 21 वर्षीय युवक र धनगढी उपमहानगरपालिका वडा नम्वर 5 का 34 वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका 49 वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्बर 1 कि 50 वर्षिया महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका छन।
अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसमा उनको उपचार भईरहेको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका कोभिड-19 उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले बताउनुभयो। उहाँले कोरोनाको रिपोर्ट पोजेटिभ देखिए पनि उनिमा कुनै समस्या नदेखिएको बताउनुभयो।
40 दिनभन्दा पनी बढी समय कोरोना पोजेटिभ देखिएका थुप्रै उदाहरणहरु रहेको बताउदै डाक्टर कमरले संक्रमित महिलालाई कुनै समस्या नदेखिएका कारण आत्तिहाल्नु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो।









































