कैलाली, ४ फरवरी २०२० हिम शाह
सुदुर पश्चिम धनगढी प्रिमियर लिगको चौथौ संस्करण केही समय पछाडी सारिएको छ । धनगढी प्रिमियर लिगको चौथौ संस्करण आउदो अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म हुने जनाएको छ ।
यही फरवरी १५ देखि २७ सम्म गर्ने घोषणा गरिसकेको छ । घोषणा गरिसकेको भए पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरका कारण प्रतियोगिता केहि समय मिति सरेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले एक प्रेस विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।
देशमै पहिलो पटक विभिन्न शहरको टिमसहितको फ्रेन्चाइजी क्रिकेटको अवधारणा शुरु गरेको धनगढी प्रिमियर लिगले यस ठाउँलाई चिनाउन सफल भएको छ ।
प्रतियोगितामा ६ फ्रेन्चाईज टोलीको सहभागिता हुनेछ । सहभागि टिममा चौराहा धनगढी, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्स रहेका छन् । गत संस्करणको उपाधि अत्तरियाले जितेको थियो ।









































