HomeFeatureधारिलो हतियार प्रहार गरि एकै परिवारका ६ जनाको हत्या

धारिलो हतियार प्रहार गरि एकै परिवारका ६ जनाको हत्या

संखुवासभा, 6 सितम्बर 2021

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । संखुवासभाको मादी नगरपालिका वार्ड नम्बर १ खोला गाउँ उम्लिङका एकै परिवारका ६ जनाको हत्या भएको हो । गएराति, तेजबहादुर कार्कीको परिवारका सदस्यलाई, अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी, हत्या गरिएको जिल्ला प्रहरी कार्यालय संखुवा-सभाले जनाएको छ। सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतियार प्रहारबाट ५८अठ्ठाउन वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की,  ५६ वर्षीया श्रीमती मनमाया कार्की,  २८ वर्षीया बुहारी रञ्जना कार्की,  १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की, मृत अवस्थामा भेटिएका थिए । उनीहरुको शव, खोल्सा बारीको कान्लामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवा-सभाले घटनाको थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...