HomeFeatureनापी विभागका कर्मचारीको कमजोरीले नेपाली भूमिमाथि अतिक्रमण

नापी विभागका कर्मचारीको कमजोरीले नेपाली भूमिमाथि अतिक्रमण

काठमाडौं,13 अगस्त 2020

द्वन्दकालिन समयमा नापी विभागका कर्मचारीहरुले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेका छन। सरकारले सुस्ता र कालापानी क्षेत्रबाहेक करिब ९८ प्रतिशत सीमा विवाद समाधान भएको बताएपछि कञ्चनपुर लगायतका क्षेत्रमा अझै सीमा विवाद सुल्झिन सकेको छैन। द्वन्दकालिन समयमा नापी विभागको टोलीले भारतीय टोलीसँग भारततर्फ नै बसेर नाप-नक्सा गरी जारी भएको ‘स्ट्रिप नक्सा’का कारण सयौँ विगाहा जमिनमा भारतीय पक्षले दावी गरिरहेको छ। त्यो जमिनको स्वामित्व नेपालीको र भोगचलन भारतीय पक्षले गरिरहेका छन। अन्तर्राष्ट्रिय सिमा सरोकार समिती, कंचनपुरका संयोजक पल्लवराज भट्टले २०५८ देखि २०६० को द्वन्दकालिन समयमा सुरक्षाको कारण देखाउँदै नेपाली नापी विभागको टोली समेतले भारततर्फबाटै नै सम्पूर्ण काम फत्ते गरेर ‘स्ट्रिप नक्सा’ जारी गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘नापी टोली भारतीय टोलीसँग भारत तीर नै बस्यो। उतैबाट सरोकारवालासँग कसैसँग समन्वय नगरी उतैबाट नक्सा जारी भयो। भारत तीरै नापी गरिएको हुनाले नापी विभागका मान्छे जो त्यतीखेर खटिएका थिए उहाँहरुको कमजोरी हो। उहाँहरु चुकेको हो। नियतवस गरेको हो। या डिफेन्स गर्न नसकेर गरेको हो। उहाँहरुको कमजोरी छ। स्ट्रिप नक्सामा दुबै देशबीच हस्ताक्षर गर्ने सहमति अझै बनेको छैन।

कालापानी र सुस्ता क्षेत्रको विवाद समाधान गरेर मात्रै स्ट्रिप नक्सामा हस्ताक्षर गरी सम्झौता गर्ने नेपाल सरकारको अडान भएपनि नापी विभागका कर्मचारीहरुले भने हस्ताक्षर गरिसकेका छन। सीमा समस्या समाधानका लागि पुराना नक्सा, तथ्य र प्रमाणलाई आधार मान्दै भारतीय पक्षसँग वार्ता गर्नुपर्ने सुझाव उहाँको छ। नेपाली पक्षले नापनक्सा गर्ने समयमा दबावमा परेर वा नियतवस जे भएपनि कमजोरी गरेको उल्लेख गर्दै उहाँले त्यसलाई सच्याउँदै संलग्न कर्मचारीहरुलाई देशद्रोहीको मुद्धा लगाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘कमजोरी भएको छ। त्यो सच्याउनुपर्छ। कमजोरी गर्ने कर्मचारीलाई देशद्रोहीको मुद्धा लगाएर कारवाही गर्नुपर्छ। देशको सीमानामा राज्यको सर्वेक्षक गएर भूमि भारत गाँभ्ने कुरा सामान्य होइन। यहाँहरुलाई मुद्धा लगाएर जेलमा हाल्नुपर्छ र त्रृटि भएको नक्सा सच्याउनलाई भारतसँग कुटनीतिक ढंगले अगाडी बढ्नुपर्छ। बुधबार नक्सा सच्याउन माग गर्दै आएका कञ्चनपुरका स्थानीय र जनप्रतिनिधिहरु लगायत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, नापी विभाग र परराष्ट्रका अधिकारीहरुसँग संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो। दुवै तर्फको प्रतिनिधिमुलक संयन्त्रहरु बनाएर सीमा नक्सा तयार गर्ने क्रममा २०४५ देखि २०४६ सम्म कञ्चनपुर जिल्लाको नदी क्षेत्रको नक्सा तयार भएको थियो। २०५६ देखि २०६१ सम्म जमिन क्षेत्रको नक्सा तयारी गर्ने काम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...