HomeFeatureनिजामति कर्मचारीहरुलाई सोमबार पनि कोरोना खोप

निजामति कर्मचारीहरुलाई सोमबार पनि कोरोना खोप

काठमाडौं, 6 सितम्बर 2021

निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन । सोमबार निजामति सेवा दिवस २०७८ को अवसर पारेर निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन । कर्मचारीहरुले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाव दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामति कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिनु भयो । उहाँले पहिला सरकारले निजामति कर्मचारीहरुलाई भ्याक्सिन लगाउनु भन्दा कोहीले डराएर र कोहीले बाध्यतावस उपस्थिती जनाउन नसक्दा अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिनबाट वञ्चित भएको बताउनुभयो ।

कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘निजामति कर्मचारी अरुलाई खोप लगाइदिने संयन्त्र हो, कोभिडको महामारीमा परेका जनतालाई व्यापक रुपमा खोप सञ्चालन गर्ने सरकारको योजना छ, सबैलाई खोप उपलब्ध गराउने सम्माननीय प्रधानमन्त्रीको मुख्य उद्देश्य छ र त्यसको प्रमुख संयन्त्रको रुपमा रहेको निजामति प्रशासन भित्र रहेका कर्मचारीहरु, खासगरी फ्रन्टलाइनरको विषयमा सबैलाई भ्याक्सिन पुर्याउने लक्ष्य राखिएको छ, र हामी सबै ठाउँमा निजामति सेवा दिवस मुल समारोह समितिको बैठकमा मैले सबै कर्मचारीहरुलाई भ्याक्सिन उपलब्ध गराउनुपर्यो भनेर माग गरिसकेपछि यसमा सबैसचिव ज्यूहरुको सर्वसम्मत सहमतिमा आज निजामति सेवा दिवसको अवसर पारेर भ्याक्सिन लगाउनबाट वञ्चित भएका कर्मचारीहरुलाई उपत्यकामा सिंहदरवारमा भ्याक्सिन उपलब्ध गराउने र तल जिल्लाहरुमा पनि सिडिओ कार्यालयहरु मार्फत् भ्याक्सिन लगाउन नपाएका कर्मचारीहरुलाई प्राथमिकता दिएर भ्याक्सिन लगाउन हाम्रो निर्देशन पनि छ, त्यस अन्तर्गत आज केन्द्रिय कार्यालयले केन्द्रिय सचिवालयमा भ्याक्सिन लगाउने कार्यक्रम गरेको छ, टेन्टीटिब्ली हामीले अनुमान गरेको, हामीलाई धेरै प्रेसर पनि आयो, एक हजार जति सिंहदरवार भित्रका कर्मचारीले भ्याक्सिन लगाएका छैनन् भन्ने कुरा छ, त्यो कस्ता मानिसले लगाएनन् भन्दा जसको भ्याक्सिनमा पहुँच भएन, कार्यालयमा छ भ्याक्सिन लगाउने ठाउँसम्म पुग्ने अवसर पाएनन्, कतिले डराएर पनि कर्मचारीले भ्याक्सिन लगाएनन् र आम मानिससँग गएर भ्याक्सिन लगाउने समय पनि नभएको हुनाले अहिले सबै साथीहरुलाई भ्याक्सिन लगाउने, छुट्नुभयो भने फेरि निजामति अस्पताल र प्रसूती गृहमा काठमाडौंको जनस्वास्थ्य कार्यालयबाट भ्याक्सिन लगाउने व्यवस्था गरिएको छ ।

कार्यवाहक अध्यक्ष पोखरेलले पहिलो डोज नलगाएका निजामति कर्मचारीलाई पहिलो र पहिलो लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको बताउनुभयो । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन बाँकी रहेका सबै निजामति कर्मचारीहरुले काठमाडौंमा सिंहदरवार र बाहिरी जिल्लाहरुमा सिडिओ कार्यालबाट लगाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...