HomeFeatureनिजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा सरकार सचेत रहेको अर्थमन्त्री शर्माको भनाई

निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा सरकार सचेत रहेको अर्थमन्त्री शर्माको भनाई

काठमाडौं, 24 नवम्बर 2021

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा सरकार सचेत रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको जर्नल सार्वजनिक तथा पत्रकार सम्मान कार्यक्रममा मन्त्री शर्माले अर्थतन्त्रको पुनरुत्थान तथा आर्थिक विकासमा सार्वजनिक निजी क्षेत्रको साझेदारी तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहँदै आएको भन्दै निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा सरकार सचेत रहेको बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई दिईने सहुलियतका क्षेत्रका बारेमा अध्ययनमा नै रहेको धारणा राख्नुभयो । अर्थमन्त्री शर्माले बजेट निकै सानो आकारको रहेपनि सामाजिक आर्थिक, पूर्वाधारका क्षेत्र, स्वास्थ्य शिक्षाको क्षेत्रको विकासका लागि अर्थतन्त्र विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । विकासका लागि सरकारले निजी क्षेत्रलाई केही पाटो दिने दिने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । त्यस्तै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ५.९ प्रतिशतले विश्व अर्थतन्त्र विस्तार हुने प्रक्षेपण भइरहेको सन्दर्भ जोड्दै नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो भइरहेको बताउनुभयो । गभर्नर अधिकारीले मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको बताउँदै समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप बढ्न सक्ने धारणा राख्नुभयो । गभर्नर अधिकारीले समग्र आर्थिक प्रणाली जोगाउन आफू प्रयासरत राष्ट्र बैंकले सक्दो प्रयास गरिरहेको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...