HomeFeatureनिर्माताहरूको फिल्म रिलिजको रोजाइ बन्दै युट्युब, हेर्नुहोस् कुन-कुन फिल्म भए सार्वजनिक

निर्माताहरूको फिल्म रिलिजको रोजाइ बन्दै युट्युब, हेर्नुहोस् कुन-कुन फिल्म भए सार्वजनिक

काठमाडौं, 4 अप्रेल/ हिम शाह

कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले पूरै देश लकडाउन गरेको छ। लकडाउनले नेपालीहरूको दैनिकी ठप्प छ, सर्वत्र सन्नाटा छ। लकडाउनले सिर्जना गरेको यो सन्नाटाबीच फिल्म हल खुल्ने छाँटकाँट नभएसँगै निर्माताहरूको फिल्म रिलिजको रोजाइ युट्युब हुन थालेको छ।

सबैभन्दा बढी फिल्म बुढासुब्बा डिजिटलले युट्युबमा अपलोड गरेको छ। उसले नेट टिभीको ‘भिडियो अन डिमान्ड’ प्लेटफर्ममा ‘लभ डायरी’, ‘पोइ पर्‍यो काले’, ‘ए मेरो हजुर 3’, ‘लभ यु हमेसा’ लगायतका पाँच फिल्म राखेको छ। यस्तै डिसहोमको ‘मुभी एन्ड डिमान्ड’ भन्ने च्यानलमा फागुुनबाट प्रदर्शनमा आएको ‘आमा’ फिल्मसमेत बुढासुब्बाले राखेको छ।

ओएसआर डिजिटलले ‘प्रेम दिवस’ तथा ‘अनुराग’ फिल्म युट्युबमा सार्वजनिक गरेको छ। उता यो समयमा सबैभन्दा बढी फिल्मको डिजिटलाइट किन्ने हाइलाइटले वर्ष दिन पहिले प्रदर्शन भएको ‘पञ्चैबाजा’ फिल्म युट्युबमा अपलोड गरेको छ। हाइलाइटले ‘बोबी’ फिल्मसमेत युट्युबमा ल्याउने जनाएको छ।

लकडाउन बढ्ने सम्भावना पनि उत्तिकै छ। त्यसैले डिसहोमले चैत 29 सम्म निःशुल्क सार्वजनिक गर्ने फिल्मको विवरण सार्वजनिक गरेको छ। उसले हैरान, छक्का पञ्जा 2, झमक बहादुर, सिन्दूर, गोपी, चौका दाउ, राहदानी, जेरी, गाजलु, क्याप्टेन, माया प्रेम फिल्म सार्वजनिक गरिसकेको छ।

डिसहोमले यो शनिबार हामी तीन भाइ, अल्लारे, ट्रक ड्राइभर, आइतबार निसानी, बृन्दावन, रुन्द्र, कीर्तिपुर, सोमबार जेरी, ए सोल्टिनी, कलिउड, म त तिम्रो हो नि, मंगलबार भैरव, जय श्री दाम, अमेरिकन ब्वाइज र कर्कस, बुधबार मामाघर, अनुराग, जीवनलीला, पण्डित बाजेको लौरी, बिहीबार ट्रक ड्राइभर, बसमा छैन यो मन, यो मायाको सागर, शुक्रबार रानी तथा अर्को शनिबार धुम, सुपरस्टारलगायत फिल्म देखाउँदै छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...