HomeFeature‘नीरफूल’ सर्दा ‘म यस्तो गीत गाउँछु २’ लाई हुने भयो ...

‘नीरफूल’ सर्दा ‘म यस्तो गीत गाउँछु २’ लाई हुने भयो फाइदा

काठमाडौं,३ मार्च, २०२०
करिव ६ महिना सुनसान बनेको फिल्मी बजार गतसाता रिलिज दुई फिल्म ‘सेन्टी भाइरस’ र ’आमा’ले केही चहलपल गराएको छ ।

यी दुई फिल्मले हलमा गराएको दर्शकको चहल पहलको फाइदा आगामी ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई पनि पुग्ने अनुमान फिल्मकर्मीको रहेको छ ।
फागुन ३० मै आउने भनिएको अर्काे फिल्म ‘नीरफूल’ सरेको कारण यसले सोलो रिलिजको अवसर पाउन लागेको हो । एक नेपाली फिल्मसँग अर्काे नेपाली फिल्म नजुध्ने भन्दै ‘नीरफूल’ एकसाता पछि सरेको हो । ‘नीरफूल’ सरेपछि सोलो रिलिजको अवसर पाउन लागेको यो फिल्म त्यो फाइदा उठाउन अहिले ब्यापक प्रचारप्रसारमा जुटेको छ ।

ती दर्शक हलमा आउँछन्, आउँदैनन् । त्यो देखिने नै छ । यो फिल्मलाई अर्काे एउटा फाइदा पनि पुगेको छ । त्यो हो सोलो रिलिजको अवसर ।सायद त्यसैले पनि होला फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्मा दर्शक फकाउन स्कुलदेखि मेला महोत्सवसम्म धाउन थालेका छन् ।सो अवसरमा उनीहरुले फिल्म प्रति दर्शक आकर्षित गर्न गीतमा नृत्य गरेर दर्शक रिझाउने समेत गरेका छन् ।

फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् । प्रेमकथाको फिल्ममा अब्बल मानिएका सुदर्शन को यो फिल्ममा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...