काठमाण्डौ, 1 जुलाई 2020
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाव दिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार बुधबार बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले केही मन्त्री र पार्टीका स्थायी कमीटी सदस्यहरुलाई बोलाइ स्थायी कमिटीमा देखिएको विवादका विषयमा छलफल गर्नुभएको थियो । छलफलमा सहभागि भएका नेताहरुले पार्टीमा ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न पहलकदमी लिन सुझाव दिएको मन्त्री भट्टराईले बताउनुभयो । उहाँले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भएपनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउन समेत सुझाव दिइएको बताउनुभयो । उहाँले हिजोको बैठकमा नेताहरु प्रतुत भए अनुसार वरिष्ठ नेताहरुको बिचमा नै आरोप प्रत्यारोप भएको स्पस्ट भइसकेको बताउनुभो । यसले पार्टीलाई संवेदनशिल बनाएकोले देशभरका कार्यकर्ताहरु स्तब्ध भएको बताउनुभयो । मन्त्री भट्टराईले समस्याको समाधान पार्टी आफैले गर्न सक्नुपर्ने बताउनुभयो । अहिले उठेका समस्याहरुलाई हल गर्दै नयाँ जगमा फेरी पार्टीलाई एकतावद्ध बनाउनु पर्ने सुझाव दिएको उहाँले बताउनुभयो । उहाले पार्टी र सरकारको बिचमा एकदमै समन्वायत्मक र घनिस्ट सम्बन्ध स्थापित हुनु पऱ्यो । सरकारले पर्टीलाई सहयोग गर्नुप¥यो र पार्टीले सरकारको अपनत्व लिनुप¥यो भन्ने सुझाव दिइएको बताउनुभयो ।
उहाँले सचिवालय बैठकमा छलफल गर्न र समाधान निकालेर प्रस्ताव ल्याउन सुझाव दिईको बताउनुभयो । उहाँले वरिष्ठ नेताहरुले तातो दिमागले नभई सबैले टाउकोमा बरफ राखेर छलफल गर्न समेत सझाव दिइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘स्थायी कमिटीको आजको बैठकमा पनि हामी छलफल गर्छौं सचिवालयमा पनि अभैm राम्रो घनिभुत घोडा धसेर छलफल होस बरु नेताहरु अहिले कोरोना छ पाँचसात दिन अलि अलग्गै ठाउँमा बसेर छलफल गर्ने हो भने पनि त्यसरी छलफल गर्नप¥यो ठण्डा दिमागले तातो दिमागले त हुँदैन । एकपल्ट आफ्नो आफ्नो टाउकोमा बरफ राखेर छलफललाई अगाडि बढाउन पऱ्यो ।’
निर्वाचन आयोगमा एमाले नामको दल दर्ता भएको विषयमा दल दर्ता गर्ने स्वतन्त्रता सबै नागरिकलाई भएको तर आज जुन तहको छलफल बैठकमा हुँदै छ त्यो तहको वेटेज र ग्राभिटी राख्छ भन्ने विश्वास आफुलाई नलागेको मन्त्री भट्टराईले बताउनुभयो ।
आजको छलफल पछि उहाँले चाल्ने कदमले सकारात्मक छलफल बन्ने आशावादि रहेको बताउनुभयो ।









































