काठमाण्डौ, 17 सेप्टेम्बर
नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित हुनु भएको छ । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको हो । राष्ट्रिय सभामा राष्ट्रपतिबाट तीन जना सदस्य मनोनित हुने संवैधानिक व्यवस्था छ । एक जना सदस्यको कोटा ६ महिनादेखि खाली रहेको थियो । त्यही कोटामा राष्ट्रपतिले गौतमलाई मनोनित गर्नुभएको हो । यसअघि बुधबारको मन्त्रीपरिषद्ले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गरेको थियो । वर्तमान प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया १ बाट गौतम पराजित हुनु भएको थियो ।









































