HomeFeatureनेकपा नेता माधव नेपालले किन भने आफुलाई सर्वोपरी ठान्ने पतन भएर जान्छन

नेकपा नेता माधव नेपालले किन भने आफुलाई सर्वोपरी ठान्ने पतन भएर जान्छन

काठमाण्डौ, 24 जुलाई 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृति आफै पतन भएको जाने टिप्पणी गर्नुभएको छ । ४२ औं पुष्पलाल स्मृति दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफुलाई सर्वोपरी ठान्ने र आफैलाई केन्द्रविन्दुमा राख्नेहरु आफै पतन भएर जाने र त्यो प्रवृति पनि पतन हुने टिप्पणी गर्नुभयो ।  विधिको पालना गरी संगठनलाई सुचारु गर्न सके सबै कुरा गति र स्वभाविक प्रकृयामा अगाडी बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विधिको पालना गरिएन भने, ‘आइएम द स्टेट’ ठानियो भने, आफुलाई सर्वोपरी ठान्न थालियो भने, आफुलाई मात्र केन्द्रविन्दुमा राख्न थालियो भने, आफु बाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने ठान्न थालियो भने त्यस्तो अहंकारको भावनामा चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृतिको पतन हुने बाहेक अर्को केही पनि हुँदैन ।’’ नेता नेपालले त्यस्तो प्रवृतिमा कोही चुर्लुम्म डुबेको छ भने समयमै जोगिनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यस्ता विचार र प्रवृतिमा यदि हामी केही चुर्लुम्म डुबेका छौँ भने । त्यसबाट जोगिन समय छ । तर समय धेरै ढिाल हुन थालेको छ ।’’ नेता नेपालले कम्युनिष्ट पार्टी फुट्छ की भन्ने चिन्ता नलिन पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पार्टी फुट्नेवाला छैन । कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाल छैन । फुट्नेवाला छैन । कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भनेपनि डरले थर थर काप्नुपर्ने आवश्यकता छैन ।’’

नेता नेपालले पार्टी भित्रको समस्या छलफल गरेर हल गर्ने अधिकतम प्रयास भइरहेको समेत बताउनभुएको छ । पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख कुरा भएको उहाँले बताउनुभयो । विधि र पद्धतिको आधारमा सबैले पार्टी बहुमतले गरेको निर्णय मान्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘म मान्दिन, म मान्न बाध्य छैन आदी इत्यादी भन्न कसैले पनि पाउँदैन । त्यो छुट पाइदैन । मलाई लाग्छ फेरी पनि बुद्धि सबैमा पलाउने छ ।’’

नेता नेपालले सबैलाई समयमै जिम्मेवार हुन पनि आग्रह गर्नुभएको छ । सबैले आ—आफ्ना कमि कमजोरी सुधार गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । सबैले आफ्नो भूमिका सम्झेर कमजोरी सुधार गर्दै अगाडी बढ्न सके विचार, संगठनका हिसाबले पार्टी बलियो हुने उहाँको भनाई छ । श्रेष्ठता व्यवहारमा देखाउन सकिएमात्रै कम्युनिष्ट पार्टीको औचित्य सावित हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...