HomeFeatureनेकपा प्रचण्ड-माधव पक्षद्धारा निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दाबी, विवाद निरुपण नगरी...

नेकपा प्रचण्ड-माधव पक्षद्धारा निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दाबी, विवाद निरुपण नगरी निर्वाचनको अन्य कार्यक्रम नहुने भनाई।

काठमाण्डौ, 2 फरबरी,2021

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ। मंगलबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतको नेताहरुको टोली निर्वाचन आयोग पुगि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता दाबी गरेका हुन् । नेकपा प्रचण्ड-माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय, तथ्य, प्रमाण र नेकपाको विधान लगायतका सबैकुरा राखेर दाबी प्रस्तुत गरिएको जानकारी दिनुभयो । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार दुई अध्यक्ष रहेको पार्टी नै आधिकारीक पार्टी भनेर दाबी प्रस्तुत गरेको उहाँको भनाई छ ।

दल विवादको निरुपण नभई कुनैपनि चुनाव सम्पन्न हुन नसक्ने भन्दै बरिष्ठ नेता खनालले दलको विवाद समाधान गर्नु निर्वाचन आयोगको पहिलो प्राथमिकता रहको बताउनुभयो। दल ऐनमा टेकेर आयोगले पार्टीको निर्णय र विधानको आधारमा ठोस निर्णय गर्नुपर्ने उहाँको भनाई छ। पार्टीको आधिकारिकता आफुहरुले पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता राजेन्द्र पाण्डेले पार्टीको विधान बमोजिम २५ प्रतिशत केन्द्रीय कमिटी सदस्यले बैठक माग गरे अनुसार सोमबार बैठक बसि सो बैठकको निर्णय अनुसार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न आएको बताउनुभयो । २ सय ७५ जना केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरिएको उहाँको भनाई छ ।

नेता पाण्डेले नेकपाको विवाद निरुपण नगरी निर्वाचनको अन्य कार्यक्रम नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...