HomeFeatureनेकपा माओवादी केन्द्रको स्थायी कमिटीको औपचारिक बैठक बस्ने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको औपचारिक बैठक बस्ने

काठमाण्डौ, 1 अप्रिल 2021
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै स्थायी कमिटीको औपचारिक बैठक बसेर समसामयिक राजनीतिबारे निर्णय लिने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको अनौपचारिक बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता श्रेष्ठले एक दुई दिन भित्रमा स्थायी कमिटीको औपचारिक बैठक बसेर वर्तमान राजनीतिक घटनाक्रमको सम्बन्धमा कसरी अगाडी बढ्ने भन्ने सम्बन्धमा निर्णय लिने बताउनुभयो । बिहीबारको अनौपचारिक बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्नुका साथै विभिन्न राजनीतिक दलहरुसँग भएका वार्ताको विफ्रिङ गर्ने काम भएको उहाँले बताउनुभयो । बैठकमा पार्टीको साङ्गठनिक प्रक्रियाको विषयमा पनि प्रारम्भिक छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, विभिन्न पार्टीहरुसँग भएको अहिलेसम्मको वार्ताको व्रिफिङ गर्ने काम ग¥यौँ । अहिले पनि परिस्थिति अझै स्पष्ट भइसकेको छैन । विभिन्न राजनीतिक पार्टीहरुसँगको वार्ताको क्रममा अहिलेको राजनीतिक परिस्थितिमा अगाडी कसरी बढ्ने भन्ने बारेमा निक्र्योल गर्न केही समय पनि माग गर्नुभएको छ । यो सबै परिस्थिति हेर्दा हामीले स्थायी कमिटीको औपचारिक बैठक एक दुई दिन भित्रमा बसेर नै अहिलेको राजनीतिक घटनाक्रमहरुलाई कता लैजाने र कोर्स कसरी अगाडी बढाउने भन्ने बारेमा र हाम्रो भूमिकाको बारेमा हामी आवश्यक निर्णय लिनेछौँ । आज हामीले हाम्रो पार्टीको साङ्गठनिक प्रक्रिया कसरी अगाडी बढाउने र देशव्यापी रुपमा अभियान कसरी लैजाने, राष्ट्रिय रुपमा प्रशिक्षण, भेला वा सम्मेलन चाहिँ के गर्ने भन्ने बारेमा पनि प्रारम्भिक छलफल फेरी गरेका छौँ । स्थायी कमिटीको पहिलाको सोच अनुसार नै हामीले स्थगित केन्द्रीय कमिटी बैठक र राष्ट्रिय भेला वा सम्मेलन छिट्टै गर्ने र स्थायी कमिटीको बैठकबाट औपचारिक रुपमा निर्णय गर्ने निष्कर्ष पनि निकालेका छौँ ।’

नेता श्रेष्ठले प्राविधिक रुपमा पत्र लेखेर समर्थन फिर्ता गर्न बाँकी रहेपनि वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बताउनुभयो । आफुहरुले समर्थन फिर्ता नलिएका कारण नेपाली कांग्रेस र जसपाले सरकार बारे निर्णय गर्न नसकेको कुरा सत्य नभएको पनि श्रेष्ठले बताउनुभयो उहाँले भन्नुभयो हामीले औपचारिक रुपमा हाम्रो पार्टीको यो सरकार समर्थन छैन भनेर लेखेर दिने प्राविधिक कुराका कारणले नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्नेकुरा सत्य होइन । नेपाली कांग्रेस र जसपाले आफ्नै दृष्टिकोणका आधारमा निर्णय गर्नुप¥यो यो सरकारलाई राख्ने कि अविश्वासको प्रस्ताव पेश गर्ने ? त्यसको निम्ति हामी गम्भिर अपिल गर्दछौँ । नेता श्रेष्ठले माओवादी केन्द्रले वर्तमान संसदलाई पुरा अवधि क्रियाशिल गराउन चाहेका कारण सरकारलाई औपचारिक रुपमा समर्थन फिर्ता गर्नु अगाडी पार्टीले सम्पूर्ण राजनीतिक पार्टीहरुसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठिक आँकलन गर्ने काम गरिरहेको पनि बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...