HomeFeatureनेता भीम रावललाई बालुवाटारको ज्यान मार्ने धम्की दिएको कुरा गलत : प्रविधिमन्त्री...

नेता भीम रावललाई बालुवाटारको ज्यान मार्ने धम्की दिएको कुरा गलत : प्रविधिमन्त्री गोकुल बास्कोटा

 

काठमाडौँ , १७ जनवरी २०२०

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले नेता भीम रावललाई बालुवाटारमा ज्यान मार्ने धम्की दिएको कुरा गलत भएको बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा आयोजना भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले बालुवाटारबाट नेता रावललाई ज्यान मार्ने धम्की दिएको कुरा सत्य नभएको बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बहस गर्न रुचाउने कुरा कसैले मन पर्नु नपर्नु छुट्टै कुरा भए पनि ज्यानमार्ने धम्कीको कुनै सत्यता नभएको बास्कोटाले बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र ? कसैको ज्यान नै लिने । प्रधानमन्त्री बहस गर्न रुचाउनुहुन्छ । त्यो मन पर्न सक्छ । मन नपर्न सक्छ । टिप्पणी हुन सक्छ । आलोचना हुन सक्छ । विरोध हुन सक्छ । कार्टुन बन्न सक्छ अथवा नेताहरुको पनि भाषणको विषय बन्न सक्छ । तर ज्यान मार्ने धम्कीको कुनै सत्यता छँदा पनि छैन् हुँदा पनि होइन् । र रावलजी नै सत्य बताउनुपर्छ की यस्तो नम्बरबाट फोन आयो वा यस्तो गरियो भनेर त्यसलाइृ कारवाही हुन्छ । किनकी विचार व्यक्त गर्ने कुरामा वा कुनै पनि कुरामा सहमति असहमति जनाएकै आधारमा कसैमाथि ज्यानको धम्की दिन मिल्दैन् ।’’

बास्कोटाले रावलको सुरक्षाका लागि सरकारले सुरक्षाकर्मी खटाएको स्मरण गर्दै साथमा पछुवा सुरक्षाकर्मी भएकाले उहाँमाथि कुनै सुरक्षाको खतरा नभएको बताउनुभयो । प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुको ज्यान लिन तलवार बोकेर हिँड्ने वा खल्तीभरी गोलीको माला बोकेर हिड्नुहुन्छ भनेर सोच्नु नै गलत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्री ओली पनि नेकपाकै हुनुहन्छ । रावल पनि नेकपाकै नेता हुनुहुन्छ । उहाँको सुरक्षा व्यवस्था सरकारले नै उपलब्ध गराएको छ । पछुवा पनि उहाँको छ र साथमा पनि अरु सुरक्षाकर्मीहरु छन् । त्यसैले उहाँको ज्यानमाथिको सुरक्षा खतरा भन्ने मलाई लाग्दैन । जहाँसम्म प्रधानमन्त्रीले आफ्नै कार्यकर्तामाथि तलवार बोकेर हिँड्नुहुन्छ । खल्तीभरी गोलीको माला भिरेर हिन्नु हुन्छ भन्ने कुरा सोच्नु राम्रो होइन । यो सत्य पनि होइन् ।’’
मन्त्री बास्कोटाले ललिता निवासको जग्गा कब्जा गर्ने विप्लव नेकपाको धम्की चर्चामा आउनका लागि मात्रै भएको बताउनुभएको छ । पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै बास्कोटाले सरकारले नै उक्त जग्गामाथि छानबिन चलाएको उल्लेख गर्दै नेपाली जनता र नेपाल सरकारको उक्त जग्गा कुनै व्यक्तिलाई नदिइने बताउनुभयो ।
‘‘विप्लवले कब्जा गरेर कब्जा हुँदैन नेपाल सरकार आफैले त्यस उपर छानबिन चलाएको छ । त्यो अरु कसैले भनेर होइन सरकार आफैले थाहा पाएपछि त्यस उपर छानबिन गरेको हो । त्यो जग्गा जसले जे भनेपनि नेपाली जनताको हो, नेपाल सरकारको हो । हामी त्यही नै गर्छौ र व्यक्तिहरुर्लाइ दिन सकिँदैन् । जो सुकैको परेपनि’’, बास्कोटाले भन्नुभयो, ‘‘चर्चामा आउने तर के मा आउने त भन्दाखेरी सार्वजनिक चासो प्रकट भइरहेको विषयमा कुनै अदृश्य एक्सनको गरियो र भने शक्तिशाली देखिन्छ की भन्ने हुन सक्छ । त्ये राम्रो कुरा हौइन् र कब्जा नै गर्ने भए त । उहाँहरुको के थियो । झण्डा नै राष्ट्रको भन्दा अर्को थियो की अथवा केही अरु नै केही थियो की ।’’
बास्कोटाले विप्लव समूहका गतिविधहरु आतंकवादी भएको बताउनुभएको छ । लुकेर हमला गर्ने, छिपेर हमला गर्ने कुराले उनीहरुलाई नराम्रो गर्ने बास्कोटाले बताउनुभयो । सरकारले सार्वजनिक सम्पत्तिहरु, टेलिकमका टावरहरुमा आगजनी गर्न नभएको भन्दै बास्कोटाले जनताको सम्पत्तिमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । बास्कोटाले विप्लव समूहका त्यस्ता गतिविधिहरु प्रति सहनशिल बन्न नसकिने बताउनुभयो । ‘‘त्यसप्रति हामी खेद प्रकट गर्छौ । त्यस्ता घटना घटाउने प्रति हामी सहनशिल हुन सक्दैनौ । जहाँसम्म सरकारी कुरा छ । ठाउँठाउँमा गएर झण्डा गाडेर केही हुनेवाला छैन् । कानुनी प्रकृया र विधिबट नै विषयवस्तुहरुलाई निरुपण गर्नुपर्छ । सरकारले जोगाउन लाग्या भए पो त्याँ हानेर बहादुरी हुनु । सरकार आफैले छानबिन गर्दैछ । उहाँहरुको के लाभ हुन्छ । केही पनि हुँदैन् । त्यो हो हल्लाको एउटा विषय बन्छ । त्यती नै हो र मिडियाले खास प्राथमिकता दिएको छैन् । यस्तो कुरालाई प्राथमिकता दिनु हुँदैन् ।’’
बास्कोटाले स्थानीय तहहरुमा विकास निर्माणका नाममा भइरहेको डोजर आतंकका विषयमा भने कामचलाउ जवाफ दिनुभएको छ । ‘अनावश्यक दोहोनलाई रोक्न विभिन्न निकायहरु रहेको र उनीहरुले काम गरिरहेका होलान’, बास्कोटाले भन्नुभयो । विकास जनता र वातावरणका लागि भएको उल्ेलख गर्दै बास्कोटाले विकास निर्माणका क्रममा अलिकित विनास हुने भएपनि त्यसको रोकथामका लागि पत्रकारहरुलाई खवरदारी गर्न आग्रह गर्दै सरकारले पनि आफ्नो तर्फबाट दोहनका काम रोक्न आग्रह गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...