काठमाडौँ, 28 जनवरी 2022
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्नु भएको छ। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बेलायतको राजदूतमा आचार्यलाई नियुक्त गर्नु भएको हो। राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिअनुसार संविधानको धारा २८२ अनुसार बेलायतको राजदूत पदमा राष्ट्रपति भण्डारीले आचार्यलाई नियुक्त गरेकी हुन्।









































