काठमाडौं, 22 अप्रैल 2023
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गरे । नेपालले भने, ‘अहिले नेपालको राजनीतिमा वा कम्युनिष्ट आन्दोलनमा भन्ने हो भने एकभारी विकृतिहरु विद्यमान छन् । व्यक्तिवादको रोग लागेको छ । भ्रष्टीकरणको प्रवृत्ति व्याप्त रहेको छ । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ ।’
उनले कम्युनिष्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको बताए । उनले सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको पनि बताए । उनले अरुलाई मान, सम्मान, मर्यादा गर्ने नभइ सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरे ।









































