HomeFeatureनेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता :शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता :शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाण्डौ, 1 मार्च 2021

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता औँल्याउनुभएको छ। सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । नेपालमा राजनीतिक परिवर्तनहरु भएपनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । अहिलेपनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उहाँको तर्क थियो।

उहाँले भन्नुभयो – ‘नेपालको शिक्षा नीतिको सन्दर्भमा अहिले म जुन ठाउँमा उभिएको छु, म सन्तुष्ट छैन । शिक्षामा एउटा आमुल परिवर्तन अहिलेको आवश्यकता हो । नयाँ परिवर्तनमा जानुपर्छ । अहिलेपनि २०२८ सालको ऐनमा चलिरहेको छ शिक्षा मन्त्रालय । पञ्चायती कालको शिक्षाको ऐन अनुसार । अहिले पनि मैले शिक्षा मन्त्रालयमा तोक सदर गर्नुप¥यो भने शिक्षा ऐन २०२८ अनुसार लेखेको हुन्छ । के भन्या होला त्यो ? पञ्चायत निरंकुश निर्दलिय तानाशाही राजतन्त्रको एकछत्र रजाइँ सहितको सिस्टम गईसक्यो । बहुदल भन्ने चिज आयो । बहुदल पनि गइसक्यो । लोकतन्त्र र गणतन्त्र पनि आयो । नियम चाहिँ त्यही छ । यसमा चेन्ज हुनुपर्छ । यस्ता खालका पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तन खोजेर पाइन्छ ? यो विज्ञानसम्मत् पनि भएन । यसकारण यसमा चेन्जको आवश्यकता छ ।

Byte:

मन्त्री श्रेष्ठले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरिय अधिकारसम्पन्न कार्यदल बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो –  ‘शिक्षामा आमुल परिवर्तनका लागि हामीले उच्चस्तरको अधिकार सम्पन्न शिक्षा नीतिको सन्दर्भमा एउटा व्यवस्थित कार्यदल बनाएर अगाडी बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।

मन्त्री श्रेष्ठले अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर गर्नुभयो । संसदबाट समस्याको समाधान ननिस्किने उहाँको भनाई छ । उहाँले आगामी मंसिर सम्ममा चुनाव हुने र चुनावको नेतृत्व पनि यही सरकारले गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यहि सरकारले केही ठेगान छैन आगामी बैशाखमा भनेकोमा जेठमा हुनसक्छ चुनाव, जेठ कट्यो भने मंसिर भन्दा पर जादैन र यो चुनावको अगुवाइ पनि यहि सरकारले गर्छ ढुक्क हुनुस् । के भन्या होला भन्ठान्नु हुन्छ ? पछि छलफल गरौँला ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा नदिने पनि स्पष्ट पार्नुभयो । सरकार हिजो भन्दा अहिले झनै शक्तिशाली भएको उहाँले दाबी गर्नुभयो । दिक्षान्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिबिए बिषय सँग सम्बन्धित ६४ जना विद्यार्थीहरुलाई मन्त्री श्रेष्ठको हातबाट स्नातक तह उत्तीर्ण गरेको  प्रमाण पत्र प्रदान गरिएको थियो । दिक्षान्त समारोहमा एलबिइएफ ग्रुप अफ इन्स्टिट्युसनका  अध्यक्ष पंकज जालान, काठमान्डौं विश्व बिद्यालयका उपकुलपति  प्रा. डा. भोला थापा, एनबिसीसीआइ का  अध्यक्ष राजेन्द्र खेतानले समेत मन्तव्य राख्नुभएको थियो । पीसीपीएस ले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ  र बिजनेस एड मिनिस्ट्रेसन् बिषयहरुलमा स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ ।  यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनि सँंग साझेदारी गरि आर्टिफिसिएल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...