काठमाण्डौ, 28 जुन 2020
नेपालमा आइतबार कोरोना भाइरस (कोभिड—१९) का ४ सय ६३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । आजसम्म ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
विश्वभरि 1 करोड 1 लाख 10 हजार 117 जना कोरोनाबाट संक्रमित भएका छन भने विश्वभरि अहिलेसम्म 5 लाख 1 हजार 878 जनाको मृत्यु भएको छ । कूल संक्रमित मध्ये 54 लाख 82 हजार 50 जना उपचार पछि सञ्चो भएका छन ।









































