HomeFeatureनेपालमा कोभिड-१९ बाट थप ७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३ सय...

नेपालमा कोभिड-१९ बाट थप ७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३ सय ९० पुग्यो

काठमाडौं , 18 सेप्टेम्बर 2020

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृत्यु भएको हो। काठमाडौंमा ८५ वर्षिया महिला र ८८ वर्षिय पुरुषको मृत्यु भएको छ। यस्तै भक्तपुरमा ८२ वर्षिय पुरुष र ललितपुरमा ६६ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै मोरङमा ६६ वर्षका २ जना पुरुषको मृत्यु भएको छ । यस्तै नवलपरासी ६६ वर्षिया महिलाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ।

आज नेपालमा २ हजार २० जनामा कोरोना पुष्टि भएको छ। ११ हजार ४ सय ५८ जनामा पीसीआर परीक्षण भएकोमा महिला ६ सय ३९ र १३ सय ८१ पुरुषमा संक्रमण देखिएको हो। आज काठमाडौंमा ६ सय ८९, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण देखिएको छ। आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ। संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय २१, प्रदेश नम्बर २ मा ८ सय ९०, बागमती प्रदेशमा ५ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ८ सय ६३ जना रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ६३, कर्णाली प्रदेशमा २ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ जना गरी आज देशभरी ९ हजार २ सय ९५ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ९०, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार १ सय ९७ र गण्डकी प्रदेशमा १ सय ८७ जना रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ९ सय ३७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन।

आज आइसियुमा १ सय ७३ र भेन्टिलेटरमा ३६ जना संक्रमित उपचाररत रहेका छन। आज ८ सय ७१ जना संक्रमति डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ११ हजार ९ सय, बागमती प्रदेशमा ९ हजार ७ सय ७१ र गण्डकी प्रदेशमा २ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन। यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ६०, कर्णाली प्रदेशमा ६ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५१ जना गरी आजसम्म ४३ हजार ८ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...