HomeFeatureनेपालमा कोरोना भाइरसबाट थप 12 जनाको मृत्यु, अहिलेसम्म 251 जनाले गुमाए ज्यान

नेपालमा कोरोना भाइरसबाट थप 12 जनाको मृत्यु, अहिलेसम्म 251 जनाले गुमाए ज्यान

काठमाण्डौं, 2 सेप्टेम्बर

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ६ पुरुष गरी १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोनाबाट काठमाडौं उपत्यकामा मात्रै ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । चितवनमा ५५ वर्षिया र १८ वर्षिया महिला, काठमाडौंमा ८९ वर्षिया, ललितपुरमा ७० वर्षिया, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै बारामा ९७ वर्षिय, चितवन ६५ वर्षिय, भक्तपुरमा ४० वर्षिय, काठमाडौंमा ७० र ७५ वर्षिय र धादिङमा ४७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

आज थप ११ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । ३ सय २० महिला र  ८ सय पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा संक्रमण देखिएको छ । आजसम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

आज देशभरी संक्रमितको संख्या १८ हजार १ सय ८ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय ३८, प्रदेश नम्बर २ मा १ हजार १ सय २७, बागमती प्रदेशमा ५ हजार ६७ र गण्डकी प्रदेशमा ६ सय ३९ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार २ सय ५२, कर्णाली प्रदेशमा ३ सय ५० र सुदूरपश्चिम प्रदेशमा ९ सय २० जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना रहेका छन ।

यस्तै प्रदेश नम्बर १ मा ६ सय ७६, प्रदेश नम्बर २ मा ४ हजार १ सय ३, बागमती प्रदेशमा २ हजार १ सय ७६ र गण्डकी प्रदेशमा ३८ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय ३८ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ६ सय १५ जना रहेका छन । आइसियुमा १ सय ४४ जना संक्रमित र भेन्टिलेटरमा १८ जना उपचाररत रहेका छन ।

आज १ हजार १ सय १२ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार ७ सय ८७, प्रदेश नम्बर २ मा ६ हजार ३४, बागमती प्रदेशमा १ हजार ५ सय ६९र गण्डकी प्रदेशमा १ हजार ७ सय९ जना संक्रमित मुक्त भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ६६, कर्णाली प्रदेशमा २ हजार १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ गरी देशभरी गरी आजसम्म २३ हजार २ सय ९० जना संक्रमण मुक्त भएका छन । क्वारेन्टिनमा ६ हजार ७ सय ६६ जना रहेका छन । मन्त्रालयले ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...