काठमाण्डौँ, 18 मई 2020
नेपालमा हालसम्म 357 जनालाई कोरोना संक्रमण भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म 357 जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। सोमबार थप 53 जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार दिउँसो बाँकेमा 47 जनालाई कोरोना संक्रमित भएका थिए। सोमबार बिहान रौतहटका 80 र बाराका थप 1 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएकामध्ये हालसम्म 36 जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा र बाँकेमा गरी 2 जनाको मृत्यु भएको छ।









































