HomeFeatureनेपालमा लकडाउन बेवास्ता गर्दै मानिसहरु काममा निस्किए, सडकमा सवारी साधनको चाप

नेपालमा लकडाउन बेवास्ता गर्दै मानिसहरु काममा निस्किए, सडकमा सवारी साधनको चाप

काठमाण्डौ, 5 जुन 2020

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउको आज ७४ दिन पुगेको छ । सरकारले गत चैत ११ गते यता कोरोना रोकथामका लागि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक जेठ ३१ गते सम्मका लागि लकडाउन लम्ब्याएको छ । सरकारले लकडाउन लम्ब्याउँदै जाने र कोरोना संक्रमणको जोखिम पनि बढ्दै जाने भएकाले आर्थिक जीवनमा असर परेको भन्दै मानिसहरु काममा निस्किएका छन्। जसका कारण सडकमा सवारी साधनको चाप बढेको छ ।

शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बढेको देखिएको छ । साना व्यवसायीहरुले पनि विहान चार घण्टा पसल खोल्ने निर्णय गरेपछि न्युरोड, भोटेबहाल, बानेस्वर लगायतका ठाउँका केही पसलहरु खुलेका छन् । त्यसैले पनि मानिसहरुको आवागमन बढ्दा मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको छ ।

प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावस्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंकका तथा उद्योग प्रतिस्ठानका कर्मचारी, व्यवसायीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि कार्यालयको परिचयपत्र नलिई सवारी साधन चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

निजी क्षेत्र तथा विज्ञहरुले पनि लकडाउनको ढाँचा परिवर्तन गरी जनजीवनलाई सहज बनाउन सुझाव दिदै आएका छन् । विश्वमै सबैभन्दा लामो लकडाउन नेपालमा गरिएको र संक्रमणको दर रोक्न नसकिएकोले लकडाउनको मोडालिटी परिवर्तन गर्न जनजीवन सहज बनाउनुपर्ने सुझाव विज्ञहरुले दिदै आएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण नियन्त्रणका लागि चिनले पनि ७४ दिन पछि कडाउन खोलेको थियो । तर नेपालमा भने लकडाउनको ७४ दिन पुग्दा संक्रमणको दर झनै बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...