काठमाण्डौ, 4 डिसेम्बर 2020
नेपालमा पछिल्लो 24 घण्टामा थप 1 हजार 2 सय 72 जनामा कोरोना भाइरस (कोभिड 19) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या 2 लाख 38 हजार 8 सय 61 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो 24 घण्टामा थप 16 जनाको कोरोनाको कारण ज्यान गएसँगै कुल मृतकको संख्या 1 हजार 5 सय 67 पुगेको छ ।
पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या घटिरहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या 15 हजार 4 सय 47 पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हालसम्म नेपालमा 2 लाख 21 हजार 8 सय 47 जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म 17 लाख 71 हजार 9 सय 50 पीसीआर परीक्षण भएकापे छ । भने 15 हजार 4 सय 47 संक्रमित आइसोलेसनमा रहेको र 537 जना क्वारेन्टाइनमा रहेका छन् ।









































