काठमाडौं, 4 मई 2023
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताएका छन्। सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने बताए।
‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’
एमालेका सचिव टोपबहादुर रायमाझी पनि यो प्रकरणमा मुछिएका छन्। ओलीले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने पनि प्रतिक्रिया दिएका छन्। उनले यो प्रकरणमा एमालेले छानबिनमा सहयोग गर्ने बताएका छन्।









































