26 अक्तूबर 2021
भारतको उत्तर प्रदेशको लखीमपुर खीरीमा नेपाल-भारत सीमा नजिक धैरे नेपालीहरू फसेका छन्। उनीहरू केही दिनयता नेपाल फर्कन पर्खिरहेका छन्। उत्तराखण्डमा भएको अविरल वर्षाका कारण नदीमा अत्यधिक पानी छोडिएको थियो जसका कारण यूपीको तराई क्षेत्रमा बाढीको जस्तो अवस्था भयो। भारतमा फसिरहेका नेपालीहरूले एउटा गुरुद्वारामा शरण लिइरहेका छन् भने नेपाल फर्कन पर्खिरहेका छन्।









































