काठमाडौं, 26 अप्रैल 2022
इरानका लागि गैरआवसीय नेपाली राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति इब्राहिम रईसीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । सोमबार आयोजित विशेष समारोहमा इरानको राष्ट्रपति भवनमा राजदूत अधिकारीले राष्ट्रपति रईसीसमक्ष ओहोदाको प्रमाण पत्र बुझाएका हुन् ।अधिकारी पाकिस्तानका लागि नेपाली राजदूत हुन् । इरानका राष्ट्रपति रईसीले ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै नेपाली जनताको प्रगति र समृद्धिको कामना गरेका छन्। सो क्रममा नेपाल र इरानबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन आफूले इमान्दार भएर काम गर्ने बताएका छन् । राजदूत अधिकारीले साझा मुद्धाका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र इरान मिलेर काम गरिरहेको राष्ट्रपति रईसीलाई स्मरण गराएका थिए ।









































