HomeFeatureनेपाली दूतावासद्धारा मलेसियामा अवैध भएर नबस्न आग्रह

नेपाली दूतावासद्धारा मलेसियामा अवैध भएर नबस्न आग्रह

25 सितम्बर 2021

नेपाली दूतावासले मलेसियामा बसेका नेपालीहरुलाई अवैध भएर नबस्न आग्रह गरेको छ । बिदेशी कामदारलाई दिएको मौका ‘रिक्यालिब्रेशन’ कार्यक्रम डिसेम्बरको अन्त्यसम्म जारी रहेकाले त्यसबेलासम्म आवश्यक कागजात मिलाएर बैधानिक बाटो समाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको हो । नेपाली दूतावासका द्धितिय सचिवका अनुसार रिक्यालिब्रेशन अन्तर्गत मलेसियाले गैरकानुनीरुपमा बसेका नेपाली कामदारलाई स्वदेश फर्कनाका लागि त्यहाँको सरकारले दुई वटा बिकल्प दिएको छ । पहिलो बिकल्पमा गैरकानुनी नेपालीले कि त निश्चित प्रक्रिया पूरा गरेर मलेसियामै कानुनी भइ काम गर्न सक्नेछन् । दोस्रो सहुलियत दरको जरिबाना तिरेर सहज रुपमा आफ्नो देश फर्कन सक्ने द्धितिय सचिवले बताए । बैध कागजात नहुँदा धेरै नेपाली कामदार जेल पर्ने गरेको पाइएको र समयमै मलेसिया सरकारले प्रदान गरेको अवसरको फाइदा लिन आग्रह गरेका छन् । स्वदेश फर्कने गैरकानुनी रुपमा नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सीधै विमानस्थल जान सकिने र त्यहाँको इमिग्रेशनबाट चेक आउट मेमो लिएर घर जान सकिने सचिवले जनाए । नगद कारोबार नहुने भएकोले अध्यागमन बिभागमा तिर्नुपर्ने जरिवाना ५ सय रिङगेट क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नु पर्नेछ । पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिरी ट्राभल डकुमेन्ट बनाएर पनि स्वदेश फर्किन सकिने उनले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...