HomeFeatureनेपालका महत्वपूर्ण विकास आयोजनामा कोरोना भाइरसको धक्का !

नेपालका महत्वपूर्ण विकास आयोजनामा कोरोना भाइरसको धक्का !

काठमाडौं, १ फेब्रुअरी
चीनमा कोराना भाइरसको संक्रमण फैलिएपछि नेपालका महत्वपूर्ण विकास आयोजनामा समेत त्यसको प्रभाव देखिन थालेको छ । विभिन्न विकास आयोजनामा कार्यरत चिनियाँ परमर्शदाता, ठेकेदार, व्यवस्थापक र कामदार नयाँ वर्ष मनाउन चीन गएपछि नेपाल फर्किएका छैनन् ।
नयाँ वर्ष मनाउन धेरै चिनियाँ प्राविधिक, कामदार र व्यवस्थापकहरु घर गएका बेला त्यहाँ कोरोना भाइरसको संक्रमण फैलिएको छ । चीनमा कतिपय प्रान्तले अर्को प्रान्तमा हुने आवतजावतमा कडाइ गरेपछि त्यहाँ पुगेका कामदार नेपाल आउन समस्या भएको हो ।

यसले केही महत्वपूर्ण आयोजनाहरु प्रति प्रभावित हुने डर पैदा भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

झन् चिनियाँ नागरिकसँगै कोरोना भाइरस फैलिने डर रहेकाले पनि चिनियाँ कामदरको नेतृत्वमा काम भइरहेका आयोजनाहरुमा अन्योलको वातावरण सिर्जाना भएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार पोखरा र भैरहवा विमानस्थलमा कार्यरत आधाभन्दा बढी चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन पुगेका छन् ।
केही आयोजनामा सीमित चिनियाँ प्राविधिकहरु भएपनि कतिपय आयोजनामा उनीहरुको बर्चस्व छ । यस्ता कामदारहरु कहिले फर्किन्छन् र यहाँ कामको गति बढ्छ भन्ने अन्योल भएको छ ।
नेपाल र चीनबीच हिमालय सीमापार रेल्वे लाइन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली नयाँ वर्ष मनाएर नेपाल आउने कार्यक्रम थियो । तर, अब कोरोनाको संक्रमणले तुरुन्तै चिनियाँ टोली नेपाल आउन नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...