नयाँ दिल्ली, 13 जनवरी 2021
नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रियको आयोजनामा स्वामी विवेकानन्द जन्म जयन्ती भव्य रूपमा आनलाईन भर्चुअल समारोहद्वारा मनाईयो। यस आनलाईन समारोहमा भारतका 16 राज्यहरू तथा नेपालबाट धेरैजनाको सहभागिता थियो।समारोहका मुख्य अतिथि श्री अद्वैत चरण दत्त (अखिल भारतीय सह-प्रचारक प्रमुख, आरएसएस)ले आफ्नो सम्बोधनमा स्वामी विवेकानन्दको जन्म, बाल्यकाल देखि युवा तथा देश-विदेश भ्रमण र देहावसान काल सम्मका प्रेरक घटनाक्रमहरू माथि बृहद प्रकाश पार्नु भयो। उहाँले भन्नु भयो – स्वामी विवेकानन्द शान्ति, प्रेम, करूणा भाईचारा अनि विश्वबन्धुत्वका प्रखर प्रवक्ता थिए। उनले 1893को 11 सितम्बरको दिन हिन्दू धर्मको महानता, वेद-वेदान्तको मानव कल्याणकारी ज्ञान साथै वशुधैव कुटुम्बकमको जुन शंखनाद गरे त्याहाँ उपस्थित विश्वका विभिन्न धर्म-मत-पंथका हजारौं धर्म गुरूहरू चकित बने। हिन्दू धर्म, भारत देशको महानता बारे विश्वलाई परिचित गराए। आउँ हामी सबैले हिन्दू धर्ममाथि गर्व गरौं। एक साँचो देशभक्त बनौं अनि राष्ट्र समाजलाई एकजुट र बलियो समृद्ध बनाऊँ। आफ्नो सम्बोधनमा विशिष्ठ अतिथि श्री शिबु छेत्री(सम्पादक -हिमालय दर्पण)ले नेपाली संस्कृति परिषद आज एक विचार बनेको तथा सामाजको संस्कृति,परम्परा, धर्मको जगेरा गर्ने जुन काम गरी रहेको छ त्यो काम गर्नु पर्ने प्रेरणा नै स्वामी विवेकानन्दको कृतिमा झल्किन्छ भने। साँचै बनौं भनज 1893 मा शिकागोमा स्वामी विवेकानन्दले जुन हिन्दू धर्म, वेद वेदान्त र भारत देशको गौरवशाली चरित्रको वर्णन गर्नु भयो आज हामी सबैले त्यसलाई सुन्नु र बुझ्ने समय आएको छ।

यसै क्रममा समारोहका मुख्यवक्ता श्री इन्द्रेश कुमार (संरक्षक – नेपाली संस्कृति परिषद तथा आरएसएसका अखिल भारतीय अधिकारी)ले आफ्नो सम्बोधनमा विवेकानन्द जाति भेद, छुआछुत, धनी गरीब भेदलाई भेट्नु पर्छ, यो भेद गर्नु महापाप हो भन्नु हुन्दै एउटा खुशहाल, समरस, सौहार्दपूर्ण, समृद्ध जीवन सबैले जीवन पाउनु पर्छ भन्ने पक्षमा रहेको र त्यसका लागि काम गरेर जानु भएको बताउनु भयो। हामी सबैले स्वामी विवेकानन्दका मार्गहरू र आदर्शहरुलाई जीवनमा उत्तारौं तथा एउटा समरस, सौहार्दपूर्ण, विभेद मुक्त समाजको रचना गर्ने आह्वान गर्नु भयो। उहाँले नारी सम्मान, नारी सशक्तिकरण प्रति पनि जोर दिनु भयो।

आफ्नो सम्बोधनमा नेपाली संस्कृति परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष श्री अशोक चौरसियाले स्वामी विवेकानन्दको जीवनी तथा कार्यहरुको जानकारी लिनका लागि अध्ययनको खाँचो छ भने। जस जसले साँचो अर्थमा देश समाच राष्ट्र आफ्नो धर्म र स्वयंको उन्नती र विकास गर्न चाहन्छन उनीहरूले अनिवार्य रूपमा स्वामी विवेकानन्दबारे उपलब्ध साहित्यहरू पढ़नै पर्छ बताए। धर्मान्तरण पाप हो तथा सबै धर्मको सार एउटै हो यसैले एक अर्कालाई सम्मान गर्नु पर्छ ठीक त्यसरी जसरी हिन्दू बौद्ध जैन सिख धर्मावलम्बिहरुमा समरसता छ। ईसाई र ईस्लाम धर्मकाहरूले कट्टरता त्याग्नु पर्छ र समरसता अपनाउनु पर्छ भने। उनले भने स्वामी विवेकानन्दलाई ईसाई बुद्धिजीविहरुले मदद गरेर नै शिगाको विश्व धर्मसंसदमा बोल्न पाएका हुन तथा भारतीय दर्शन जान्न बुझ्न विलदेशमा प्रबुद्ध ईसाई विद्वानहरू धेरै उत्सुक थिए। सिस्टर निवेदीता ईसाई नन (सिस्टर) छोड़ेर यूरोप देखि भारतमा आएर हिन्दू सन्यासी बनिन। आज अनेक युरोपेली ईसाईहरु हिन्दू धर्म अपनाएका छन तथा संन्यास जीवन आनन्दले बिताई रहेका छन भने।
समारोहका अध्यक्ष डा.मोहन कार्कीले स्वामी विवेकानन्द एक योगी र एक आध्यात्मिक साधक थिए भने। विवेकानन्द योग र ध्यान गर्दै 4 जुलाई 1902 मा समाधि लिए अर्थात ब्रह्म लीन भए। उनी मात्र 40 साल बाँचे तर जुन कार्य गरेर गए त्यो हामी सबै युवाहरुका लागि जीवन मंत्र र प्रेरणा बनेको छ। यसैले सबैले विवेकानन्दको जीवनी अवश्य पढौं।
समारोहमा आमिया छेत्री असम, शैलेश गुरूङ्ग मध्य प्रदेश अनि भरत जीजाकोटी महाराष्ट्रले सुन्दर गीत प्रस्तुत गरे। बडोददरा गुजरातका हरि प्रसाद उपाध्याय र टीमद्वारा वैदिक मन्त्रोचारण तथा स्वास्तिवाचनका साथ स्वामी विवेकानन्दलाई स्मरण नमन गर्दै उनको चित्रमा श्रद्धाञ्जली र माल्यार्पण गरियो। समारोहको संचालन डा.खेमचन्द्र आचार्य (गुजरात) र श्री अशोक कसारा (मुम्बई) द्वयले अनि धन्यवाद ज्ञापन महेन्द्र शर्मा (अहमदाबाद)ले गरेका थिए।
कार्यक्रमको फेसबुक लिंक
https://www.facebook.com/nepalisanskritiparishad/videos/4848710155204214/









































