नयाँ दिल्ली, 14 जुलाई 2020
नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रीयले भारतका 16 राज्यहरूमा एकै साथ 206 औं भानुजयन्ती रुपमा मनाएको छ । कोभिड-19 को प्रकोपका कारण कुनै एक स्थानमा भेला भएर भानु जयन्ती मनाउन सक्ने अवस्था नरहेपछि सोमबार भानु जयन्ती पालन गरेको हो । नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रीयले सोमबारदेखि देश विदेशमा साता व्यापी कविता, रामायण पाठ, गीत र नृत्य प्रतिस्पर्धा अनलाईन गरिरहेको छ। प्रतियोगितामा भाग लिने व्यक्तिहरूले आफ्नो कविता, रामायणपाठ, गीत, नृत्यको भिडियो बनाई “नेपाली संस्कृति परिषदको फेसबुकमा, परिषदको लोगो तथा भानुभक्तका फोटो सहित टैग गर्नु पर्नेछ। 19 जुलाईसम्म आएका कविता, रामायणपाठ, गीत, नृत्यलाई प्रतियोगिताका लागि मान्य गरिने परिषद्का अन्तराष्ट्रीय कार्याध्यक्ष अशोक चौरसीयाले बताउनु भएको छ ।



प्रतियोगीहरुले आफ्नो पुरा नाम ठेगाना र प्रान्त अनि देशको नाम उल्लेख गरी आफ्नो प्रस्तुति आरम्भ गर्नुपर्नेछ। विजेताहरूलाई 26 जुलाईको अन्तर्राष्ट्रीय समारोहमा अनलाईन सम्मानित र पुरस्कृत गरिने छ। हिजो सम्पन्न भएको कार्यक्रमका बारेमा जानकारी दिँदै चौरसीयाले यद्धपी कोभिड-19 प्रकोपका कारण भेला नगरिए पनि भर्चुअल रुपमा कार्यक्रम निकै सफल भएको र समारोहमा सबै राज्यबाट जोडिएका सदस्यहरुले विश्वभरिका नेपालीहरुलाई भाषाको माध्यमले एक सुत्रमा बाध्नु भएका आदिकवि भानुभक्त आचार्यलाई स्नरण गरेको बताउनुभयो ।









































