गुजरात, 8 मार्च 2020
अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरि मनाईरहँदा नेपाली सेवा समाज गुजरात राजकोटले सांस्कृतिक कार्यक्रमसहित यो दिवस भव्य रुपले मनाएको छ। स्थापनाको छोटो समयमा नै उत्कृष्ट काम गर्दै आएको नेपाली सेवा समाज केन्द्रीय समितिले नारीहरुको सम्मान स्वरुप दिवस भव्यरुपमा मनाएको हो।
नेपाली सेवा समाज केन्द्रिय अध्यक्ष करन बिकको अध्यक्षता र नेपाली सेवा समाज महिला समिती अध्यक्ष सीमा बिकको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो। समारोहमा 200 भन्दा धेरै महिलाहरुको उपस्थिती रहेको थियो। समाजले गुजरातमा नेपालीहरुलाई पर्ने समस्या समाधानका लागी आर्थिक र मानवीय सहयोग गर्दै आएको छ। समारोहमा कयौं कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।









































