काठमाण्डौं, 10 अप्रैल, 2021
नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिले सम्म मुलुकका विभिन्न 60 जिल्लाको मत परिणाम आईसकेको छ । रुकुम पुर्व बाहेक 76 जिल्लामा निर्वाचन भएको थियो । अझै 16 जिल्लाका मत परिणाम आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाण्डौ जिल्लाको मत गणना भईरहेको छ । पछिल्लो मत परिणाम अनुसार , विपुल पोख्रेल नेतृत्वको पैनल नै अगाडि आईरहेको छ । पोख्रेल नेतृत्वको पैनल अर्का प्रतिष्पर्धी निर्मला शर्मा नेतृत्वको पैनल भन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिनुभयो । पछिल्लो मत परिणाम अनुसार, पोख्रेल नेतृत्वको समूहले 5 हजार सय मत र शर्मा नेतृत्वको समूहले 3 हजार मत ल्याएको सिलवालले जानकारी दिनुभयो । सिलवालले विद्युत् आपुर्तिमा समस्या आएकाले जाजरकोट, हुम्ला लगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आईपुग्न कठिनाई भएको बताउनुभयो । मुलुक संघीय समरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।









































