HomeFeatureनेपाल बार एशोसिएसनको प्रदर्शन आइतबार पनि

नेपाल बार एशोसिएसनको प्रदर्शन आइतबार पनि

काठमाडौं, 28 नवम्बर 2021

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रदर्शन गरेको छ । कालो ब्यानरमा कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा आइबार पनि विरोध प्रदर्शन गरेका हुन । प्रदर्शन कार्यक्रममा बोल्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आन्दोलनको उदेश्य प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले आफूहरुको आन्दोलन उत्कर्षमा लैजान बाँकी रहेकाले आन्दोलन मथ्र्थर भएको भनेर नसोच्न चेतावनी दिनुभयो । प्रधानन्यायाधीश जबरा व्यवहारिक रुपमा सर्वोच्चको प्रधानन्यायाधी पदमा नरहेकाले अब उहाँले इजलास पनि तोक्न नपाउने र उहाँले तोकेको बेन्चमा कसैले पनि बहस नगर्ने अध्यक्ष शाक्यले बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराको उपस्थितमा न्याय परिषद्, न्याय सेवा आयोग र संवैधानिक परिषदको बैठक पनि नबस्ने भएकाले प्रधानन्यायाधीशले राजिनामा नदिएर सर्वोच्च अदालत र जनताको मुद्धालाई अस्तव्यस्त बनाउने काम गरेको आरोप लगाउनुभयो । त्यस्तै अध्यक्ष शाक्यले राजनीतिक दलहरुले संसदबाट महाअभियोग लगाएर हटाउने सम्भावना भएपछि मात्र विरोध कार्यक्रम अन्त्य गर्ने भनिएपनि त्यो संम्भावना नदेखिएपछि आफूहरुले विरोध प्रदर्शन जारी राखेको जानकारी निुभयो । प्रधानन्यायाधीशको राजिनामा माग गर्दै कानून व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...