HomeFeatureनेपाल महिला चेम्बरको आयोजनामा काठमाडौंमा दसैं–तिहार व्यापार मेला–२०२१ सुरु

नेपाल महिला चेम्बरको आयोजनामा काठमाडौंमा दसैं–तिहार व्यापार मेला–२०२१ सुरु

काठमाडौं, 29 सितम्बर 2021

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरको आयोजनामा बुधबारबाट काठमाडौंमा दसैं–तिहार व्यापार मेला–२०२१ सुरु भएको छ । नेपालमा उत्पादन भएका अग्र्यानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य वस्तुहरु प्रवर्द्धनका लागि कमलपोखरीस्थित सिटी सेन्टरमा मेला आयोजना गरिएको महिला चेम्वरले जनाएको छ । मेलामा घरेलु उत्पादनका बस्तुलाई प्राथमिकताका साथ राखिएको छ । मेलाको उद्घाटन चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले गर्नुभयो । मल्लले देशमा स्वरोजगार बढाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यस्तै उहाले गाँउ गाउमा महिलाले उत्पादन गरेको बस्तुलाई बजारसम्म ल्याउन चेम्वरले सहयोग गर्ने धारणा राख्नुभयो । त्यस्तै नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको नेपाल महिला चेम्बरकी सचिव लीमा अधिकारीले मेलाबाट नेपालमा उत्पादन भएका कृषियोग्य अर्ग्यानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । १५ दिनसम्म चल्ने उक्त मेलामा सहभागी हुन नेपाल महिला चेम्बरले आह्वान गरेको छ । महिला चेम्वरले हरेक बर्ष दसैं–तिहार व्यापार मेला आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...