काठमाण्डौँ, 4 फरवरी 2020
नेपाल व्यवस्थापन संघको 39 औं राष्ट्रिय व्यवस्थापन सम्मेलन शुक्रबारबाट गते हुने भएको छ। शुक्रबार नै वार्षिक साधारणसभा, राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान र एसियाली नेतृत्व पुरस्कार साँझ 2020 पनि आयोजना गरिएको छ। तथ्याङ्क परिचालित निर्णय प्रक्रिया नारा दिएर व्यवस्थापन सम्मेलन हुन लागेको हो। संघले आफ्नो वार्षिक साधारणसभाको अवशरमा हरेक वर्ष व्यवस्थापन सम्मेलन गर्दै आएको छ। 4 वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यता रहनेछ। सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य 2019 नामक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुने आयोजकले जनाएको छ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा विभिन्न व्यक्तित्वहरु सम्मानित हुनेछन्। ‘म्यानेजर अफ दि इयर, ओमेन म्यानेजर रिकगजाइज अवार्ड, आउटस्ट्याण्डीङ म्यानेजमेन्ट अवार्ड र आउटस्ट्याण्डिङ सिभिल सर्भिस अवार्ड’ पनि वितरण गरिने आयोजकले जनाएको छ। सोही कार्यक्रममा एशियाली व्यवस्थापन संघले समेत एशियाली नेतृत्व पुरस्कार साँझ वितरण गर्ने भएको छ। आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउने विशिष्ट व्यक्तित्वहरुलाई उक्त पुरस्कार वितरण गरिनेछ।









































