Homeसमाचारनेपालनेपाल सुनको कचौरा जस्तो छ, अरुसँग भिख माग्दै छौँ: प्रधानमन्त्री प्रचण्ड

नेपाल सुनको कचौरा जस्तो छ, अरुसँग भिख माग्दै छौँ: प्रधानमन्त्री प्रचण्ड

नेपाल सुनको कचौरा जस्तो छ, अरुसँग भिख माग्दै छौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, 9 जुन 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आफैमा सुनको कचौरा जस्तो भएपनि अरुसँग भिख माग्दै हिँड्ने गरेको टिप्पणी गरेका छन् । पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले देशमै प्रचुर सम्भावना भएपनि विदेशीसँग भिख माग्नु दुःखद भएको बताएका हुन् ।  ‘नेपाल प्रकृतिले दिएको साधन स्रोतका दृष्टिकोणले गरिब विल्कुल छैनौँ । प्रकृतिले  दिएको कुरा भन्ने हो भने तराई मधेसदेखि पहाड, हिमालसम्म विविधता त्यसको उत्पादकत्व र स्रोतहरूको दृष्टिकोणले धेरै धनी छौँ । तपाईँहरूले सुन्नु भएको होला विदेशका कयौँ बौद्धिक अर्थशास्त्रीहरूले नेपाल सुनको कचौरा लिएर भिख मागेर हिँडेको छ भन्ने गर्छन् । नेपाल आफैमा सुनको कचौरा जस्तो छ ’ प्रचण्डले भने, ‘हामी धुनियाभरि रोजी रोटीको निम्ति जान बाध्य छौँ । सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ । यो एउटा विडम्बना हो । नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो ।’ देशमा उर्वर जमिन, हरियो जङ्गल र हिमालबाट पर्यटनको प्रचुर सम्भावना रहेको प्रचण्डले बताए । कृषिबाट उत्पादन  वृद्धि गरेर निर्यातमुखी अर्थतन्त्र बनाउन सकिने उनले बताए । ‘हामी यस्तो किन भयौँ ? आजको प्रश्न वा गहिरो गरी घोत्लिनु पर्ने यही निर छ । हाम्रो इतिहास र विरासत यस्तो होइन’ प्रचण्डले भने, ‘अरू ठुला देशहरू वैदेशिक हस्तक्षेपको बुटमुनी कुल्चिदा हामी स्वतन्त्र भएको इतिहास छ । वीरता र बलिदानको दृष्टिकोणले हेर्ने हो भने नेपालीहरू विश्वभर ख्याति कमाएका हौँ ।’ नेपालीहरू बहादुरी र वीरतामा डराउने जाति समेत नभएपनि आर्थिक दृष्टिकोणले पछि परेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...