काठमाडौं, 31 दिसम्बर 2021
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । एमसीसीको विपक्षमा आवाज उठाउँदै आएको मजदुर किसान पार्टीले शुक्रबार काठमाडौंको माइतिघरबाट बानेश्वरसम्म बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले एमसीसी सम्झौतालाई ’राष्ट्रघाती’ भएको भन्दै यसको खारजी गर्नुपर्ने नारा लगाएका थिए । एमसीसी अघि नबढाउनका लागि सरकार र सांसदहरुलाई खबरदारी गर्न भन्दै प्रदर्शन गरिएको नेमकिपा नेता प्रेम सुवालले बताउनुभयो । उहाले एमसीसी अमेरिकाको षडयन्त्र भएको उल्लेख गर्नुभयो । मुलुकको हित बिपरित एमसीसीलाई अघि बढाए थप संघर्ष गर्ने चेतावनी नेमकिपाले दिएको छ ।









































