HomeFeature पंजशीरमा तालिबानको नियन्त्रण ?

 पंजशीरमा तालिबानको नियन्त्रण ?

दिल्ली, 4 सितम्बर 2021

अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण गरेको करिब २० दिनपछि र देशमा तालिबानले आफ्नो सरकार गठनभन्दा केही समयअघि पंजशीर घाटीमा पनि आफ्नो नियन्त्रण भएको बताएको छ । तर, पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले भने यो दावी अस्वीकार गरेका छन् र लडाइँ अहिले पनि जारी रहेको बताएका छन् । सूत्रले अब तालिबानको पंजशीरसहित पूरै अफगानिस्तानमा नियन्त्रण भएको बताएको हो । पंजशीरमा नियन्त्रण भएपछि तालिबानी लडाकुहरुले राजधानी काबुलमा खुसी मनाउँदै हवाइ फायरिङ गरेका थिए । पछिल्ला केही दिनयता अहमद मसुद र अमरुल्लाह सालेहको नेतृत्वमा पंजशीरमा तालिबानविरुद्ध लडाइँ भइरहेको छ । केही दिनअघि नर्दर्न एलायन्स र तालिबानबीच वार्ता भएको थियो तर वार्ता विफल भएको छ । त्यसपछि तालिबानले पंजशीरमा नियन्त्रण गर्नको लागि आफ्ना लडाकू पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...