पंजाब, 8 जुलाई 2020
पंजाबको जलन्धरमा खाना पकाउने स्टोभ विष्फोट भएर घाइते भएका 7 वर्षीय बालक कृष्ण बिकको उपचारका लागि नेपाली 1 लाख 83 हजार 2 स 32 रुपैयाँ आर्थिक सहयोग गरिएको छ । बागलुङको निसीखोला गाँउपालिका 5 स्थायी घर भएका ज्ञानबहादुर बिकका छोरा कृष्ण बिक गत 7 मईका दिन स्टोभ पडकिँदा 80 प्रतिशत जलेका थिए । प्रवासी नेपाली संघ भारतको जलन्धर नगर समितिले बेल्जीयममा रहने केही नेपाली र जलन्धरमा रहने नेपालीहरुको सहयोगमा रकम संकलन गरि आज घाईते कृष्णका बुवा ज्ञानबहादुरलाई बुझाएको हो । जानकारीका अनुसार बेल्जीयममा रहने बाग्लुङ स्थायी घर भएका जयराम केसी, काँशीराम पौडेल र जोगबहादुर थापाको पहलमा संकलित 1 लाख 72 हजार 32 रुपैँया र प्रवासी नेपाली संघ भारतको जलन्धर नगर समितिद्वारा संकलित 11 हजार 2 सय रुपैँया आज हस्ताण्तरण गरिएको हो ।

बालकको 80 प्रतिशत जलिसकेकोले उपचारमा आर्थिक समस्या भएपछि प्रवासी नेपाली संघ भारतको जसन्धर समितिले आर्थिक संकलनको पहल शुरु गरेको थियो । यस आर्थिक सहयोग संकलनमा प्रवासी नेपाली संघ भारत पंजाब हिमाचल चण्डीगढ संयुक्त राज्य समितिका कार्यकर्ता बसन्तराज घर्ती, शंकर प्रसाद गैरे, सावित्रा ज्ञवाली, शान्ता पोख्रेल, राज्य विभागीय सदस्य नृप सिंह कार्की, जेबी राना, कल्पना पौडेल, कृष्ण मल्ल, नगर समिति जलन्धर अन्तर्गतका घनश्याम बस्याल, दीपक छन्तेल, आरबी गुरुङ, अन्नतराम रेग्मी, मनिषा श्रेष्ठ, मोतीलाल कुँवरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।









































