HomeFeatureपछिल्लो नयाँ भेरियन्ट ओमिक्रोनले गर्दा नै कोरोना महामारी चाँडै अन्त्य हुने: डब्लूएचओ

पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोनले गर्दा नै कोरोना महामारी चाँडै अन्त्य हुने: डब्लूएचओ

24 जनवरी 2022

कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोनले गर्दा नै कोरोना महामारी चाँडै अन्त्य हुने जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का युरोप क्षेत्रीय निर्देशकले हान्स क्लुगका अनुसार कोरोना महामारीलाई यस ओमिक्रोन भेरियन्टले नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् । पछिल्लो समय उनले कोरोनाविरुद्धको खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको र भाइरस कमजोर हुँदै गएकोले महामारी अन्त्यको चरणमा पुगेको जनाए । सन् २०२२ को यसै सालको अन्त्यसम्म महामारी शान्त हुन सक्ने उनको भनाइ थियो ।

उनले भने, ‘ओमिक्रोन भेरियन्टले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ ।’ यद्यपि आगामी मार्च महिनासम्म ओमिक्रोनबाट युरोपका ६० प्रतिशत जनता संक्रमित हुने समेत उनको भनाई थियो । यसपछि महामारी साम्य हुनसक्ने उनले विश्वास व्यक्त गरे ।

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि पछिल्लो समय कोरोना संक्रमण दर घट्दो क्रममा रहेको भन्दै अब कोरोना महामारी विश्वभर घट्दै जाने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...