Homeसमाचारपछिल्लो 24 घण्टामा 2 हजार 8 सय 80 जनाको कोरोना परीक्षण, शनिबार...

पछिल्लो 24 घण्टामा 2 हजार 8 सय 80 जनाको कोरोना परीक्षण, शनिबार नयाँ संक्रमित भेटिएनन्

काठमाण्डौँ, 18 अप्रेल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना संक्रमित युवती निको भएर डिस्चार्ज भएकी छन्।  गत चैत 10 गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी युवती शनिबार 27 दिनपछि निको भएर डिस्चार्ज भएकी हुन्। चैत 4 गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। युवतीको पछिल्लो 2 वटा पीसीआएर टेष्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो। शनिबार डिस्चार्ज भएकी युवतीसँगै कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको संख्या 2 पुगेको छ।

नेपालमा कोरोना संक्रमितको संख्या 30 पुगेको छ। शुक्रबार एकै दिन 14 जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या 30 पुगेको हो। शुक्रबार उदयपुरमा कोरोना पोजेटिभ देखिएका 12 जना पुरुष चितवनमा पोजेटिभ देखिएका 2 जना (एक महिला र एक पुरुष) को उपचार भइहेको छ। आरडिटी विधिबाट पोजेटिभ देखिएका नमुनाको पिसिआर परीक्षण जारी रहेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म पिसिआर विधिबाट 8 हजार 17 जनाको कोरोना परीक्षण देखिएको छ। पछिल्लो 24 घण्टामा मात्रै 6 सय 2 जनामा परीक्षण गरिएको छ। यसैगरी आरडिटी विधिबाट अहिलेसम्म 19 हजार 4 सय 54 जनाको परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 2 हजार 8 सय 80 जनाको परीक्षण गरिएको छ। मन्त्रालयले सबै जिल्लामा ऱ्यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ। देशभरी 4 हजार 5 सय 36 जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा 5 र बाहिर 1 सय 12 गरी 1 सय 17 जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...