HomeFeatureपरराष्ट्रमन्त्री ज्ञवाली भन्छन: चलचित्र क्षेत्रमा परेको प्रभावलाई पुर्नबहाली गर्न सरकार लागिपरेको छ

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन: चलचित्र क्षेत्रमा परेको प्रभावलाई पुर्नबहाली गर्न सरकार लागिपरेको छ

काठमाण्डौ, 23 अप्रिल 2021
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिड–१९ का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्या बारे सरकार जानकार रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२१’ को उद्घाटन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड–१९ को कारण नेपाली चलचित्र क्षेत्रमा परेको प्रभावको बारेमा सरकारलाई जानकारी रहेको र यस क्षेत्रलाई पुर्नबहाली गर्न सरकारले विभिन्न ढङ्गले प्रयासहरु पनि गरिरहेको बताउनुभयो । सरकारले नेपाली चलचित्रहरुको अन्तर्राष्ट्रियकरण गर्न विदेशमा नेपाल फिल्म फेस्टिभल आयोजना गर्ने विषयमा छलफल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कोभिडले पारेको असर नेपालको फिल्म क्षेत्रले कसरी भोगिरहेको छ भन्ने बारेमा सरकार जानकार छ । यो क्षेत्रलाई कसरी रिभाइभ गर्न सकिन्छ, फिल्म निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरु, हजारौँ फिल्म उद्योगमाथि आश्रित हुनुहुन्छ । उहाँहरुलाई परेको कठिनाइका बारेमा सरकारलाई जानकारी छ । त्यसका निम्ति विभिन्न ढङ्गले हामीले प्रयासहरुपनि गरिरहेका छौँ । नेपाली फिल्महरुको अन्तर्राष्ट्रियकरण गर्ने, फेस्टिभलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्र, मञ्चहरुबाट प्रदर्शित गर्ने विषयमा कसरी अगाडी बढ्न सकिन्छ, नेपाल फिल्म भेस्टिभल कसरी आयोजना गर्न सकिन्छ अन्तर्राष्ट्रिय रुपमा, हामी छलफल गर्नेछौं ।’

शुक्रबार देखि काठमाडौंस्थित राष्ट्रिय नाच घरमा नेपाल अफ्रिका फिल्म फेस्टिभल शुरु भएको हो । फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ । नेपाल अफ्रिका फिल्म फेस्टिभलकी निर्देशक मञ्जु मिश्रले ५४ वटा अफ्रिकि देशहरुको प्रतिनिधित्व फिल्म फेस्टिभलमार्फत गर्न खोजिएको बताउनुभयो । फिल्म फेस्टिभलमा नेपाली फिल्महरुपनि प्रदर्शन गरिने उहाँले बताउनुभयो । नेपाल र अफ्रिकाबीचको दुरी घटाउँदै अफ्रिकिहरुको जीवनस्तर, सामाजिक परिवेश, संस्कृति र रहनसहन बुझ्नका लागि यस फिल्म भेस्टिभलले सहयोग गर्ने पनि बताउनुभयो ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल अफ्रिका फिल्म फेस्टिभलले नेपाल र अफ्रिकाबीचको रहनसहन, भाषा, सभ्यतालाई नजिक बनाउने बताउनुभयो । दुई देशबीचको मित्रतालाई अघि बढाउन मद्दत पुग्ने पनि बताउनुभयो । अधिकारीले विदेशमा छरिएर रहेका नेपालीहरुले पनि नेपाली फिल्म फेस्टिभल गर्ने कुराको प्रतिक्षामा रहेको बताउनुभयो । छिटोभन्दा छिटो नेपाली सिनेमाहरु पनि विश्वभर पुग्नेमा आफू आशावादी रहेको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...