HomeFeatureपर्यटकीय तथा पुरातात्विक सम्पदाहरुको संरक्षणमा सरकार गम्भिर नभएको सांसदहरुको आरोप

पर्यटकीय तथा पुरातात्विक सम्पदाहरुको संरक्षणमा सरकार गम्भिर नभएको सांसदहरुको आरोप

काठमाण्डौ,25 मार्च 2021

पर्यटकीय तथा पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षण र सम्वर्द्धनमा सरकार गम्भिर नभएको सांसदहरुले बताएका छन। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको संरक्षण र सम्वर्द्धनमा सरकार गम्भिर नभएको बताएका हुन। समितिकी सभापति पवित्रा निरौला खरेलले पर्यटकीय क्षेत्रको विकासको सम्बन्धमा सरकारलाई निर्देशन नै दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि धेरै काम गर्नुपर्ने भन्दै उहाँले सरकारले ठोस नीति र योजना बनाउन सक्नुपर्ने बताउनुभयो । ठोस नीति र योजना नहुँदा पर्यटकीय क्षेत्रको सम्वर्द्धनमा बजेट नियमित हुन नसकेको पनि उहाँले बताउनुभयो ।

सांसद मोहन बानियाले पर्यटकीय क्षेत्रलाई सुचिकृत गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो। कतिपय क्षेत्रलाई सरकारले पर्यटकिय गन्तव्यमा सुचिकरण नगरेको भन्दै छुटेका सम्पदाहरुलाई सुचिकरण गर्नुपर्ने र सुचिकृत भएकालाई प्रचार-प्रसार गर्नुपर्ने बताउनुभयो ।

सांसद रेनुका गुरुङले आन्तरिक पर्यटनलाई महत्व दिएर सातै प्रदेशमा आ-आफ्नो संस्कृति, परम्परा र संस्कार झल्कने गरी भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने बताउनुभयो । सबै प्रदेशमा पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजीका लागि स्थलगत भ्रमण गर्नुपर्ने पनि बताउनुभयो ।

सांसद उमा रेग्मीले पर्यटन उद्योगलाई परिचालन र परिमार्जन गर्न सरकारको ध्यान नजानुले देशले घाटा बेहोर्नुपरेको बताउनुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण सम्वर्द्धनमा अध्ययन/अवलोकन भ्रमण गरेर सरकारलाई प्रतिवेदन दिने गरेको भएपनि सरकारले हालसम्म कार्यान्वयन नगरेको बताउनुभयो ।

सांसद सुजिता शाक्यले पशुपतिनाथ मन्दिर, स्वयम्भु र चागुनारायण मन्दिर परिसरमा भुक्षय तथा चोरी हुने गरेको भन्दै भुक्षय रोक्न तथा चोरी सिकारी रोक्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सांसद दीपक प्रकाश भट्टले पर्यटकीय क्षेत्रको संरक्षणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसकेको बताउनुभयो । पर्यटनको क्षेत्रमा केन्द्रीय नीति नै नरहेको पनि बताउनुभयो ।

सांसद पुष्पा भुसालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्ने ट्याक्सी चालकहरुको बेथिति रहेको भन्दै सरकारले नियमन गर्नुपर्ने बताउनुभयो । पर्यटकीय क्षेत्रमा सरकारले गरेको लगानीले मुलुकको अर्थतन्त्रमा कत्तिको टेवा पुर्याएको छ भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पर्यटन क्षेत्रमा गरिएको लगानीले रोजगारी कति बढाएको छ र पूँजिको परिचालन कति भएको छ भन्ने बारे खोज्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...