HomeFeatureपर्यटकीय तथा पुरातात्विक सम्पदाहरुको संरक्षणमा सरकार गम्भिर नभएको सांसदहरुको आरोप

पर्यटकीय तथा पुरातात्विक सम्पदाहरुको संरक्षणमा सरकार गम्भिर नभएको सांसदहरुको आरोप

काठमाण्डौ,25 मार्च 2021

पर्यटकीय तथा पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षण र सम्वर्द्धनमा सरकार गम्भिर नभएको सांसदहरुले बताएका छन। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको संरक्षण र सम्वर्द्धनमा सरकार गम्भिर नभएको बताएका हुन। समितिकी सभापति पवित्रा निरौला खरेलले पर्यटकीय क्षेत्रको विकासको सम्बन्धमा सरकारलाई निर्देशन नै दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि धेरै काम गर्नुपर्ने भन्दै उहाँले सरकारले ठोस नीति र योजना बनाउन सक्नुपर्ने बताउनुभयो । ठोस नीति र योजना नहुँदा पर्यटकीय क्षेत्रको सम्वर्द्धनमा बजेट नियमित हुन नसकेको पनि उहाँले बताउनुभयो

सांसद मोहन बानियाले पर्यटकीय क्षेत्रलाई सुचिकृत गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो। कतिपय क्षेत्रलाई सरकारले पर्यटकिय गन्तव्यमा सुचिकरण नगरेको भन्दै छुटेका सम्पदाहरुलाई सुचिकरण गर्नुपर्ने र सुचिकृत भएकालाई प्रचार-प्रसार गर्नुपर्ने बताउनुभयो ।

सांसद रेनुका गुरुङले आन्तरिक पर्यटनलाई महत्व दिएर सातै प्रदेशमा आ-आफ्नो संस्कृति, परम्परा र संस्कार झल्कने गरी भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने बताउनुभयो । सबै प्रदेशमा पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजीका लागि स्थलगत भ्रमण गर्नुपर्ने पनि बताउनुभयो ।

सांसद उमा रेग्मीले पर्यटन उद्योगलाई परिचालन र परिमार्जन गर्न सरकारको ध्यान नजानुले देशले घाटा बेहोर्नुपरेको बताउनुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण सम्वर्द्धनमा अध्ययन/अवलोकन भ्रमण गरेर सरकारलाई प्रतिवेदन दिने गरेको भएपनि सरकारले हालसम्म कार्यान्वयन नगरेको बताउनुभयो ।

सांसद सुजिता शाक्यले पशुपतिनाथ मन्दिर, स्वयम्भु र चागुनारायण मन्दिर परिसरमा भुक्षय तथा चोरी हुने गरेको भन्दै भुक्षय रोक्न तथा चोरी सिकारी रोक्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सांसद दीपक प्रकाश भट्टले पर्यटकीय क्षेत्रको संरक्षणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसकेको बताउनुभयो । पर्यटनको क्षेत्रमा केन्द्रीय नीति नै नरहेको पनि बताउनुभयो ।

सांसद पुष्पा भुसालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्ने ट्याक्सी चालकहरुको बेथिति रहेको भन्दै सरकारले नियमन गर्नुपर्ने बताउनुभयो । पर्यटकीय क्षेत्रमा सरकारले गरेको लगानीले मुलुकको अर्थतन्त्रमा कत्तिको टेवा पुर्याएको छ भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पर्यटन क्षेत्रमा गरिएको लगानीले रोजगारी कति बढाएको छ र पूँजिको परिचालन कति भएको छ भन्ने बारे खोज्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...