काठमाडौं, 29 दिसम्बर 2021
पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भएको छ । बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भएको छ । बिहीबारदेखि क्रमिकरुपमा मौसम कमजोर बन्दै जाने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । बर्षाका कारण काठमाडौं उपत्यका लगाएत देशभरको जनजिवन प्रभावित भएको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री रहेको थियो ।









































